विराटनगर : विराटनगर महानगरपालिका ५ कोचाखालमा सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ परेको छ ।
घर नजिकै रहेको किराना पसलमा मेहन्दी किन्न पुगेकी ती बालिकालाई पसल सञ्चालक ३६ वर्षीय गुमेश्वर प्रसाद राउतले अनैतिक क्रियाकलाप गरेको आरोपमा मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो ।
ती बालिकाकी दिदीले आइतबार बिहान मेहन्दी किनेर ल्याउनु भनेर पठाएकी थिइन् । बालिका पनि मेहन्दी किन्न भनेर राउतले संचालन गरेको पसलमा पुगिन् ।
पसलमा पुग्न साथ ती बालिकालाई काखमा च्यापेर संम्वेदनशील अंगहरूमा हात हालेर दुर्व्यवहार गरिरहेको देखेपछि प्रहरीमा खबर गरिएको थियो ।
राउतलाई स्थानीयले नियन्त्रणमा लिएर कुटपिट समेत गरेका थिए । राउतको शरीरका विभिन्न अंगहरूमा चोटपटक समेत लागेको छ ।
यौन दुर्व्यवहारको आरोप लागेका राउतलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धानलाई अगाडि बढाइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जन कुमार दाहालले बताए ।














Discussion about this post