मोरङ : जिल्ला कारागार मोरङका एकजना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका ३ घर भएका ६८ वर्षीय दलबहादुर दमाई छन् । उनी कर्तव्य ज्यान मुद्दामा विराटनगरको हाटखोलास्थित कारागारमा बन्दी जीवन बिताइरहेका थिए ।
जेलर कृष्ण खड्काका अनुसार एक्कासि बिरामी परेपछि बिहान ९ बजेतिर उपचारका लागि कोसी अस्पताल लगिएको थियो ।
बेहोस अवस्थाका दमाईको उपचारकै क्रममा बिहान १० बजेतिर मृत्यु भएको उनले बताए । उपचारमा संलग्न चिकित्सकले उच्च रक्तचापका कारण उनको मृत्यु भएको हुनसक्ने बताए ।
कर्तव्य ज्यान मुद्दामा दमाईलाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको थियो । अदालतको आदेशपछि उनी गत वैशाख ७ गतेदेखि कारागारमा थिए ।














Discussion about this post