खोटाङ : खोटाङको ऐंसेलुखर्क गाउँपालिका ४ जलेश्वरीकी ४५ मेकमाया तामाङको लडेर मृत्यु भएको छ ।
बजारमा किनमेल गरेर घर फर्कने क्रममा स्थानीय कटुन्जे खोलामा लडेर तामाङको मृत्यु भएको हो ।
शनिबार राति सवा ९ बजेतिर जानकारी आएपछि इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कको टोली जाँदा खोलाभित्रको ढुंगामा मृत फेला परेकी प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले आइतबार बताए ।
मृतकको आइतबार दिउँसो ऐंसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टपछि आफन्तले जिम्मा लिएको डिएसपी मुकारुङले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।












Discussion about this post