तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडा कात्तिकेमा बिहीबार (आज) अपराह्न ४ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार अर्का एकजना घाइते भएका छन् ।
आठराई गाउँपालिका केन्द्र संक्रान्ति बजारबाट पाँचथरतर्फ जाँदै गरेको बा ६८ प ५८३८ नम्बरको मोटरसाइकल अनिन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार आठराई गाउँपालिका ३ ह्वाकुका अन्दाजी ३० वर्षीय नवीन थिङ लाबुको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकल चालक धरान १५ सुनसरीका अन्दाजी ४० वर्षीय सुरेन राई घाइते भएका छन् ।
घाइते राईको उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post