खोटाङ : खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
खोटेहाङ गाउँपालिका ६ इन्द्रेणी पोखरीमा ट्याक्टर दुर्घटना हुँदा चालक सोही पालिका ३ सावाकटहरेका २९ वर्षीय पवन तामाङको मृत्यु भएको हो ।
खोटाङ बजारबाट रसुवातर्फ जाँदै गरेको ना ६ त २४६६ नम्बरको ट्याक्टर इन्द्रेणी पोखरीस्थित नेर्लामा बिहीबार दिउँसो दुर्घटना भएको हो ।
सडकबाट करीब ५० मिटर तल खसेको ट्याक्टरका चालक तामाङ गम्भीर घाइते भएका थिए ।
उपचारका लागि धरान ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post