खोटाङ : किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा खोटेहाङ गाउँपालिका १ लिकुवापोखरीका एक पुरुष पक्राउ परेका छन् ।
साउन १२ गते खोटेहाङ गाउँपालिका ३ सावाकटहरेस्थित मावली गएर फर्कने क्रममा साँझ ५ बजेतिर लिकुवापोखरीको रमितेडाडाँको जङ्गलमा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४० वर्षीय भविन कार्कीलाई पक्राउ गरेको हो ।
किशोरीले घटनाबारे आमालाई जानकारी गराएपछि आइतबार बिहान १० बजे लिकुवापोखरी वडा कार्यालयमा गुनासो गर्न आएको वडाध्यक्ष धनबहादुर महाराजी खड्काले बताए ।
खड्काका अनुसार कार्कीलाई वडा कार्यालयबाटै आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।














Discussion about this post