Friday, September 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

विकास केसीलाई प्रश्न – जनता क्याम्पस सञ्चालक समितिको अध्यक्ष तपाईँ नै किन ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १७, २०८०
in अन्तर्वार्ता, समाचार
0
विकास केसीलाई प्रश्न – जनता क्याम्पस सञ्चालक समितिको अध्यक्ष तपाईँ नै किन ?
880
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको निर्वाचन यही साउन २० गते हुँदैछ ।

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनमा कूल ७ सय २८ परिषद् सदस्य छन् । क्याम्पस सञ्चालक समितिको सदस्य कूल १३ जना हुन्छन् । जसमा ३२ जनाले उम्मेदवारी दिएका छन् भने हालसम्म एकजनाले फिर्ता लिएका छन् । १३ पदका लागि हाल ३१ जना प्रतिष्पर्धामा छन् । यद्यपि, उम्मेदवारी फिर्ता लिने समय भने अझै बाँकी रहेको छ ।

यसैबीच क्याम्पस सञ्चालक समितिको सदस्य निर्वाचित भएपछि अध्यक्ष छनौट गर्ने प्रक्रिया रहेको छ । हाल अध्यक्षको चर्चामा रहेका इटहरी ४ निवासी विकास केसीसँग टाकुरा न्यूजले गरेको कुराकानीको सम्पादित अंश :–

१. चुनावको तयारी कस्तो छ ?

यही साउन २० गते हुने क्याम्पस सञ्चालक समितिको निर्वाचनमा सर्वप्रथम त मलाई इटहरीका सबै राजनीतिक दलले विश्वास गरी मेरो नेतृत्वमा क्याम्पस सञ्चालक समिति निर्माण गर्ने तयारी पूरा भएको छ ।

र, म सबै राजनीतिक दलहरूलाई मलाई विश्वास गरेकोमा हार्दिक धन्यवाद दिदैँ आभार प्रकट गर्दछु । साथै, चुनावमा सक्रिय सहभागिताका निम्ति समेत निमन्त्रणा गर्दछु । म नेतृत्वको समूहलाई विजयी गराउने तयारीस्वरुप चुनावी मैदानमा छु ।

२. तपाईँ जनता क्याम्पसको पूर्व विद्यार्थी नेता पनि रहनुभएको र तीन कार्यकालसम्म सञ्चालक समिति सदस्यसमेत बिताउँदाको अनुभव सुनाइदिनुन ?

म जनता बहुमुखी क्याम्पसमा २०५६ सालमा अध्ययनरत विद्यार्थी हुँ । मैले राजनीतिक सदस्यता स्कूल लेभलमा लिएपनि म पूर्ण रूपमा राजनीतिमा लागेको यही क्याम्पस अध्ययन गर्न सुरु गरेदेखि हो ।

म जनता क्याम्पसमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट क्याम्पसमा हुने स्ववियु निर्वाचनमा २०५७ सालमा स्ववियु सदस्य, ०५९ सालमा स्ववियु सह–सचिव र ०६३ सालमा स्ववियु उपसभापति हुँदै नेपाल विद्यार्थी संघ सुनसरीको जिल्ला सभापति बन्दै नेविसंघको केन्द्रीय उपसभापति समेत भइसकेको छु । र, यो अवसर मलाई जनता क्याम्पसले नै प्रदान गरेको हो । किनकि, मेरो सक्रिय राजनीति जनता क्याम्पसबाटै सुरु भएको हो ।

यो क्याम्पसलाई मैले केही दिन सक्नुपर्छ भनेर क्याम्पसको सञ्चालक समितिका तीन कार्यकालसम्म सदस्य रहेको छु । विभिन्न समितिमा बस्दै आएको र पदपूर्ति समितिजस्तो जिम्मेवारीमा रही काम गरेको अनुभव छ । साथै, सञ्चालक समितिमा रहँदा यस क्याम्पसले धेरै अवसरहरू प्रदान गरेको जानकारी गराउँदछु ।

नेपालकै सामुदायिक क्याम्पसमा पहिलो नम्बरको क्याम्पस भएको, कोसी प्रदेशमै सबैभन्दा धेरै विद्यार्थी भएको क्याम्पस बनाउन सफल भएको छौँ । हाल यो क्याम्पसमा कक्षा ११ देखि स्नातक र स्नातकोत्तरसम्म विभिन्न विषयमा अध्यापन हुँदै आएको छ ।

३. क्याम्पस सञ्चालक समितिमा तपाईँ आफैँ संयोजक रहेको पदपूर्ति समिति निकै विवादित पनि बन्यो । तपाईँ नै क्याम्पसको अध्यक्ष बन्ने चर्चा पनि छ । फेरि यस्तै किसिमको विवाद दोहोरिने हो कि ?

वास्तवमा क्याम्पसको नेतृत्व गर्ने क्रममा, काम गर्ने सिलसिलामा इमानदारीपूर्वक, स्वच्छ र कसैलाई विभेद नगरी मैले पाएको जिम्मेवारी निर्वाह गरिरहँदा केही साथीहरूले आफू अनुकूलको कुरा लाद्न खोज्दा मैले उक्त काम नगरी, क्याम्पसको हितको काम गर्दैगर्दा केही साथीहरूले अनावश्यक विवाद ल्याउन खोजिएको थियो ।

र, म स्पष्ट छु कि, कुनै पनि काम गर्न खोज्दा विरोध, बाधा आएपनि निरन्तर काम गर्नुपर्छ भन्ने बुझेको छु । यसक्रममा साथीहरूले विवादमा ल्याउन खोजेपनि सबैले अहिले बुझिसकेको अवस्था छ कि, मैले गर्न खोजेको काम नै ठिक रहेछ भन्ने बुझेर सबै दलहरूले नेतृत्व गर्न सक्छ भन्ने विश्वास गरेर मेरै नेतृत्वमा चुनाव हुन लागेको छ ।

यसैबीच म अध्यक्ष बन्ने भन्ने चर्चा हुनु स्वभाविक हो । किनकि, यसअघि तीन कार्यकालसम्म क्याम्पसकै हितको निम्ति मात्रै, निस्वार्थले काम गरेका कारण म अध्यक्ष बन्ने चर्चा छ ।

साथै, फेरि विवाद हुने कुरा उठिरहँदा यसपटक सञ्चालक समितिमा आउने साथीहरू सबैजना युवा, अनुभवी र दक्ष र क्याम्पसको हितका निम्ति काम गरौँ भन्ने साथीहरू हुनुहुन्छ । उहाँहरू मेरो नेतृत्वको टिममा आएसँगै सबैजनाको विचार, अनुभव र भावनालाई आत्मसाथ गर्दै यो कार्यकाललाई सुवर्ण कार्यकालको रुपमा र कुनै विवादरहित कार्यकाल बनाउने विश्वास व्यक्त गर्दछु ।

४. क्याम्पसमा बढ्दो राजनीतिक चलखेल हुने भएको र विद्यार्थी विभिन्न समस्यामा अहिले पनि गुुज्रिरहेको गुनासो सुनिन्छ । यसमा के छ तपाईँको धारणा ?

विगतका दिनमा क्याम्पसमा राजनीतिक हस्तक्षेप भएको कुरा स्वीकार गर्नैपर्छ । आगामी दिनमा यी सबै कुराहरूलाई निस्तेज गरी सबैको सल्लाह र सुझावअनुसार नमुना क्याम्पस बनाउने प्रतिबद्धतासाथ काम हुनेछ । साथै, विद्यार्थीबारे भन्नुपर्दा यो क्याम्पसमा ०७४ सालयता स्ववियुको चुनाव नभएको कारणले गर्दा विद्यार्थीहरूको यथार्थ समस्या सञ्चालक समितिसमक्ष आइपुग्दैनथ्यो ।

तर, स्ववियुले गते चैत ६ गते नयाँ नेतृत्व पाएसँगै विद्यार्थीको यथार्थ समस्या स्ववियुमार्फत नै समाधान भइरहेको छ । सञ्चालक समितिमा आएका समस्या पनि समाधान भइरहेको जानकारी गराउँदछु ।

५. क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष तपाई नै किन ?

म विद्यार्थी कालदेखि नै जनता क्याम्पसलाई बुझ्दै र नजिकबाट नियाल्दै आएको छु । साथै, क्याम्पसमा मैले तीन कार्यकाल काम गरिसकेका कारण पनि म अध्यक्ष हुनुपर्छ भन्ने मेरो बुझाई छ । र, मैले क्याम्पस प्रशासन, प्राध्यापक, कर्मचारीहरूसँग राम्रो सम्बन्ध राखेर सबैको समस्या, विचारलाई बुझ्दै काम गर्दै आएको छु । साथै, क्याम्पसलाई राम्रोसँग बुझेको हुनाले आगामी दिनमा अझै सशक्त रूपमा क्याम्पसलाई अगाडि बढाउन सक्ने कार्ययोजना मसँग भएको कारणले गर्दा मेरो उम्मेदवारी हो ।

६. जनता क्याम्पसको सदस्य जितेर अध्यक्ष बनेपछि तपाईँका कार्ययोजना केके छन् ?

हाल जनता बहुमुखी क्याम्पसमा कक्षा १२ सम्म साइन्स, कमर्श, एजुकेशन र आर्ट्स अध्यापन हुँदै आएको छ । यस्तै, स्नातकमा म्यानेजमेन्ट, एजुकेशन, आर्टस् र बीआइसीटीई अध्यापन हुँदै आएको छ । यस्तै, स्नातकोत्तरमा एजुकेशन र म्यानेजमेन्ट अध्यापन हुँदै आएको छ । यही मंसिरसम्ममा बीबीएको सम्बन्धन प्राप्त गर्दै कक्षा सञ्चालन हुने प्रतिबद्धता जनाउँदछु ।

साथै, विद्यार्थीहरूको आकर्षण बन्ने र जीवनउपयोगी शिक्षा अध्यापनका निम्ति मेरो नेतृत्वको समितिले पहल गर्नेछ । जनता क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीले चाहेको विषयको कारण फर्कनुपर्ने अवस्था नआउने र उनीहरुले चाहेको विषय पढ्न पाउने अवस्था सृजना गर्नेछु ।

र, हाल जनता क्याम्पसले प्राप्त गरेको क्यू.ए.ए. लाई निरन्रता दिनको निम्ति यो समितिले गुणस्तरीय काम गर्ने विश्वास दिलाउँछु । साथै, यो कार्यकालभरी क्यू.ए.ए. बाट पाउने सुविधा बञ्चित नहुने कुरा प्रतिबद्धता जनाउँदछु ।

यो क्याम्पसमा कोसी प्रदेशका १४ वटै जिल्लाबाट अध्ययन गर्न आउने विद्यार्थीहरूको संगमस्थल र सर्वसाधारण जनताका छोराछोरीले उच्च शिक्षा हाँसिल गर्ने थलो भएकाले पहाडी जिल्लाबाट आउने विद्यार्थीहरूले कोठाभाडा बसेर अध्ययन गर्ने क्रममा छात्राहरू असुरक्षितसमेत हुने र बढ्दो महंगीका कारण समस्या हुँदै आएको कुरा विद्यमान छ ।

यसलाई मध्यनजर गर्दै यस क्याम्पसमा छात्राबासको भवन निर्माण गरिनेछ । यो भवनमा कम्तिमा तीन सयभन्दा बढी छात्राहरू बस्न सक्ने व्यवस्था गर्न यो समितिले पहल गर्नेछ ।

यस क्याम्पसका विद्यार्थीहरूको शारीरिक अवस्थालाईसमेत मध्यनजर गर्दै स्वतन्त्र विद्यार्थी युनियनसँग समन्वय गरी वार्षिक रूपमा विभिन्न अतिरिक्त क्रियाकलापमार्फत विभिन्न लोकप्रिय खेलकुदमा सहभागी गराइनेछ । साथै, वार्षिक साधारणसभा राखेर क्याम्पसमा भएको गतिविधि सबै परिषद् सदस्यलगायत इटहरीका सरोकारवाला संघसंस्था तथा नगरबासीहरूलाई जानकारी गराउनेछौँ ।

७. अन्त्यमा केही ?

माथि भनेका योजनालाई सफल बनाउनका निम्ति मलगायत मेरो टिमलाई विजयी गराइदिनुहुन सबै परिषद् सदस्यहरूलगायत सरोकारवाहरूलाई हार्दिक आग्रह गर्दछु ।

 

Tags: #विकास केसीअन्तर्वार्ताजनता बहुमुखी क्याम्पस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी
FEATURE BREAKING

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८३
0

विराटनगर : कोशी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र अवस्थामा रहेका २३२ वटा योजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने...

समाचार

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८३
0

इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राई...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

एक अर्ब ५७ करोडको हुण्डी कारोबार आरोपमा सुनसरी प्रहरीद्धारा दुई जना पक्राउ

अशोज २, २०८३
हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३
कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३
वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

अशोज २, २०८३

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

अशोज २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

एक अर्ब ५७ करोडको हुण्डी कारोबार आरोपमा सुनसरी प्रहरीद्धारा दुई जना पक्राउ

अशोज २, २०८३
हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    321 shares
    Share 128 Tweet 80
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.