खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ सिरिसेका ७३ वर्षीय शम्शेर राई मृत फेला परेका छन् ।
प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार घाँस काट्न रुखमा चढ्दा लडेर आइतबार मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
वृद्ध मृत फेला परेपछि थप अनुसन्धान सुरु गरिएको कार्कीले बताए । उनी घरमा एक्लै बस्दै आएका थिए ।



















Discussion about this post