मोरङ : मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस सांसद सुनील शर्मा पक्राउ परेका छन् ।
उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।
भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो ।
उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए ।
उनी मेडिकल कलेज सञ्चालक हुन् ।














Discussion about this post