विराटनगर : बालबालिका प्रयोग गरी तरकारी बजार र हटियामा सुनको सिक्री लुटपाट गर्न लगाउने गिरोहको सदस्य पक्राउ परेका छन् ।
विराटनगरको साप्ताहिक हाट बजारमा तरकारी किन्न गएका सर्वसाधारणको सुनको सिक्री लुटपाट गर्न लगाउने गिरोहका एक जना सदस्यलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ३ स्थितमा कोठा भाँडामा लिएर बस्ने २८ वर्षीय अंकित भन्ने हरकित साह रहेका छन् ।
साउन १९ गते अन्दाजी ६ः४५ बजेको समयमा विराटनगर ४ स्थित नोबेल नहर छेउमा लाग्ने शुक्रबारे हटियामा विराटनगर महानगरपालिका ३ बस्ने खड्ग माया कार्कीले तरकारी किनिरहेको अवस्थामा दुई तोला सुनको सिक्री चोरी भएको थियो ।
उक्त घटनामा साहले दुई जना नाबालकहरू प्रयोग गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
‘चोरीमा बालबालिका प्रयोग गर्ने र चोरी गरेको सिक्री साहले लिने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।












Discussion about this post