ओखलढुंगा : ओखलढुंगाको मोलुङ गाउँपालिका २ मा पर्ने मोलुङ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय रत्नकुमारी विश्वकर्माको मंगलबार (आज) लामपाते भन्ने स्थान नजिकैको खोलामा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक विकास राईले बताए ।
शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ ।














Discussion about this post