इटहरी : इटहरी १९ मा रहेको फुजिसान सगरमाथा बोर्डिङ स्कूलमा बाल दिवसको अवसर पारेर विविध कार्यक्रम आयोजना गरिएको छ ।
शुक्रबार (आज) विद्यालय प्राङ्गणमा बालबालिकाहरूले आफ्ना नृत्य, गीत, विभिन्न रचना प्रस्तुत गरे । उनीहरूले आँफूहरूभित्र रहेको क्षमता प्रष्फुटन गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद चम्लागाईँले विद्यालयमा एकदिन बालदिवस मनाउने मात्रै नभइ विद्यार्थीले चाहेअनुरुपको शिक्षा प्रदान गर्दै आएको बताए ।
उनले हरेक वर्ष विविध कार्यक्रम आयोजना गर्दै आएको बताए । यस्तै, हरेक साता बुक फ्रि डे पनि मनाइरहेको उनको भनाइ छ । प्रत्येक शुक्रबार विद्यार्थीहरूले किताबी ज्ञानबाहेक अन्य ज्ञान हाँसिल गर्ने चम्लागाईँले जानकारी दिए ।
कार्यक्रममा विद्यार्थीहरूले नै कार्यक्रम सञ्चालन गरेका थिए भने आयोजक पनि उनै विद्यार्थीहरू रहेका थिए । खासगरी बालबालिकाको हक, अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रमले प्रोत्साहित गर्ने बताइन्छ ।















Discussion about this post