ओखलढुंगा : ओखलढुंगामा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउापालिका १० का वडाध्यक्ष छविरमण धमलालाई प्रहरीले पक्राउ गरेको छ।
२५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप लगाएपछि धमलालाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलिस्टार सिंहले बताए ।
आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएकी थिइन् ।
धमलाको नाममा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सोही पक्राउ पुर्जीअनुसार उनलाई सिद्धिचरण नगरपालिका क्षेत्रबाट मंगलबार (आज) पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post