सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका ४ मा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
आइतबार (आज) बिहान पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउादै गरेको को १ ख ६१६९ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेका साइकलयात्री सुन्दरहरैँचा नगरपालिका ५ का ५२ वर्षीय केदार थापालाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संग्लग्ग बस चालक र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post