ओखलढुंगा : ओखलढुंगाको मोलुङ खोलामा डुबेर बालकको मृत्यु भएको छ ।
सुनकोसी गाउँपालिका ९ कटुञ्जेका सुब्बा रापचाका ७ वर्षीय छोरा अञ्जल रापचाको मोलुङ खोलामा डुबेर मृत्यु भएको हो ।
रापचा मोलुङ गाउँपालिका ५ चिउरीबोटस्थित मामाघरमा बस्दै आएका थिए ।
सोमबार (आज) बिहान घाँस काट्न गएकी आमालाई पछ्याउँदै गएका रापचाको खोलामा डुबेको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।
घटनाबारे थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।














Discussion about this post