धरान : धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको ३२ औँ राष्ट्रिय कविता महोत्सव सम्पन्न भएको छ ।
कविता प्रतियोगितामा सुनसरीका भीम विरही राई प्रथम भएका छन् ।
यस्तै, काठमाडौंकी एलिसा एकलास दोस्रो र भारतको सिक्किमकी सन्ध्या सिंजाङ्बो सुब्बा तृतीय भइन् । उनीहरूले क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि जसराज किराती, बम देवान, प्रा.डा. टंक न्यौपाने, पुस्तकालय अध्यक्ष पूर्णबहादुर गुरुङ, लगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा उत्कृष्ट १० मा परेका कविहरुले कविता वाचन गरेका थिए ।
प्रतियोगितामा अविनाश भट्टराईको ‘आवाजहरु ! ओ आवाजहरु’, अजित वियोगीको ‘म त्यही छोडिए छु’, एलिसा एकलासको ‘वेवारिसे प्रश्न’, छविना लुङ्गेली मगरको ‘मजदुर’, निशान निष्कर्षको ‘स्वतन्त्रताको एउटा अध्याय’, भीम विरही राईको ‘पहिला म मरू या मेरो देशरु’, मौलश्री लिम्बूको ‘बुख्याँचा’, वीरेन्द्र ग्यावा तामाङको ‘इजार’, सन्ध्या सिङ्जाङ्गो सुब्बाको ‘अन्तिम लडाइँ’ र भोजराज श्रेष्ठको ‘यो साइनो कस्तो ?’ कविता उत्कृष्ट १० मा छनोट भएको थियो ।
यस्तै, विमल कृति पुरस्कार कवि चन्द्र गुरुङ र विजय वान्तवा कैलाशीलाई नगद दुई लाखकको पुरस्कार संयुक्त रूपमा प्रदान गरियो भने युवा प्रतिभा सम्मानबाट कवि विशाल नाल्बो सम्मानित भए ।
कार्यक्रममा विमलको कविता संग्रह सहरको प्रगाढ मौनता र शब्द चित्रमा कवि विमल गुरुङ लोकार्पण कृति लोकार्पण गरिएको छ ।














Discussion about this post