इटहरी : झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट स्रोत नखुलेको भारतीय रकमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजनाअनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेचीनगरस्थित भन्सार गेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको भारत ठानाचौक केबुलटोल बस्ने ६२ वर्षीय जैनुल हक रहेका छन् ।
चेकजाँच गर्दा उनको साथबाट भारतीय रकम ५ सयको नोट ५ सय थान, २ सयको नोट २ सय थान र १ सयको नोट ३ सय थान गरी जम्मा ३ लाख २० हजार रुपैँया भारु नोटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई रकमसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।













Discussion about this post