झापा : झापामा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
गएराति ११ बजेतिर झापाको कनकाई नगरपालिका ९ मन्त्रीबारीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र २–०३–०१५ प ४०७८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षीय सञ्जय साह रहेका छन् ।
मोटरसाइकल बिजुलीको पोलमा ठक्कर भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएकोमा डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post