झापा : झापाको बाह्रदशीमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका ट्रयाक्टर चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
कात्तिक ९ गते मध्यान्ह बाह्रदशी वडा १ बिरिङ खोलानजिक हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ६३४४ नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा ट्रयाक्टर चालक बाह्रदशी १ बस्ने २१ वर्षीय राजेन्द्र राजवंशी घाइते भएका थिए ।
छातीमा चोट लागेर घाइते राजवंशीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।














Discussion about this post