झापा : झापाको कमल गाउँपालिका ३ स्थित कमल खोलाको पुलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
शनिबार राति ८ बजे पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१४ प ९६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ६५ वर्षीय कृष्णबहादुर गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारीसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।














Discussion about this post