झापा : झापाको अर्जुनधारा नगरपालिका ८ शनिश्चरे स्थितबाट चोरीको मोटरसाइकलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का २१ वर्षीय महमद अफरोज मियाँ रहेका छन् ।
पाँचथरको हिलिहाङ गाउँपालिका २ घर भइ हाल बिर्तामोड नगरपालिका १ स्थित बस्दै आएका प्रेमकुमार श्रेष्ठको मे १० प ६१२६ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेको अवस्थामा पार्किङ स्थलबाटै चोरी भएको सूचना पाएसँगै खोजतलासमा खटिएको प्रहरी टोलीले मियाँलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोलीले अर्जुनधारा ८ स्थित उक्त मोटरसाइकल फेला पारी मोटरसाइकल चोरीमा संलग्न मियाँलाई पक्राउ गरेको हो ।
चोरीको मोटरसाइकलसहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post