झापा : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापाको मेचीनगर नगरपालिका ६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगतमणी आचार्यलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
आचार्यले ती बालिकालाई गत मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
थप अनुसन्धानको क्रममा जगत मणीको दाइ ३७ वर्षीय बालकुमार आचार्यले ती बालिकालाई ललाई फकाई आफ्नो भाइलाई भेटाएको भन्ने खुल्न आएपछि उनलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post