झापा : झापाको मेचीमगर नगरपालिका १३ स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
गएराति साढे ११ बजेतिर प्रदेश १–०१–०१६ प ७६४९ र प्रदेश १–०३–००१ प २६५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर एकापसमा दुर्घटना भएको हो ।
दुर्घटनामा झापा गाउँपालिका ३ का २० वर्षीय मनिष बास्कोटाको मृत्यु भएको हो ।
यस्तै, झापा गाउँपालिका ३ का २० वर्षीय सौरव बास्कोटा र सोही स्थानका २४वर्षीय सुमन पौडेलको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post