इटहरी : झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरूबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवैध समानहरू प्रहरीले बरामद गरेको छ ।
सीमावर्ती क्षेत्रहरूमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली गरेर चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको विभिन्न प्रकारको रेडिमेड कपडा, खाद्यान्न, सुर्तीजन्य पदार्थ लगायतका समानहरू बरामद गरेको हो ।
बरामद गरिएका करिब ५ लाख ८३ हजार रुपैयाँ बराबरको समान आवश्यक सम्बन्धित भन्सार कार्यालयहरूमा बुझाइएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।














Discussion about this post