रामधुनी : रामधुनी नगरपालिकाले सोमबार (भोलि) सार्वजनिक बिदा दिएको छ ।
बालाचतुर्दशीको अवसरमा नगरपालिकाले नगर क्षेत्रभरी सार्वजनिक बिदा दिएको हो । सतविज छर्ने दिन अर्थात् बालाचतुर्दशी दिनको अवसरमा नगर क्षेत्रमा सार्वजनिक सबदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।
रामधुनी ४ स्थित रामधुनी मन्दिरमा सतविज छर्ने तथा मेला आयोजना हुने भएकाले आइतबार (आज) बसेको नगर कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था बिदा हुने तर स्वास्थ्य संस्थाहरूमा भने यथावत रहने बताइएको छ ।















Discussion about this post