झापा : झापाको विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका ३ का २४ वर्षीय भीमबहादुर राई र २१ वर्षीय विकास घलेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरूको साथबाट २ ग्राम ब्राउनसुगर, नगद १४ हजारसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका ३ स्थितमा मे ९ प ५०९२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा मोटरसाइकल चालक मेचीनगर १३ की ३८ वर्षीया पवित्र राजवंशीको साथबाट १ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post