झापा : झापामा थ्रेसरमा च्यापिएर एक व्यक्तिको मृत्यु भएको छ ।
आफ्नै धानको कुन्यूमा थ्रेसर लगाउने क्रममा झापा गाउँपालिका वडा नं. २ सुगाबथान बस्ने ५७ वर्षीय नुनुवा टुडूको थ्रेसरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीय चन्द्रदेव राजवंशीको प्र १–०१–००१ त ८०९२ नं. को ट्याक्टरबाट टुडूले आज (बुधबार) बिहान ५ बजेतिर थ्रेसर लगाएका थिए ।
थ्रेसरमा परेर टुडुको बीभत्स रूपमा मृत्यु भएको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post