झापा : १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको गौरादह नगरपालिका ६ निवासी २३ वर्षीय दीपक बराइलीलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।
कनकाई नगरपालिका २ स्थित खुरुङ्गा बजारस्थित पेरिस होटेल एन्ड लजमा गत मङ्सिर २५ गते बराइलीले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post