Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

नोबेलमा बालबालिकाको कार्डियोलोजी सेवा उपलब्ध भएपछि पूर्वका बिरामीलाई राहत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ११, २०८०
in विविध, समाचार
0
नोबेलमा बालबालिकाको कार्डियोलोजी सेवा उपलब्ध भएपछि पूर्वका बिरामीलाई राहत
82
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बालबालिकाहरूको लागि कार्डियोलोजी सेवा सुरु गरेयता पूर्वी नेपालका बिरामीहरूलाई आकस्मिक अवस्थामा उपचारको लागि पाउनुपर्ने कष्टबाट राहत मिलेको छ ।

१० जना चिकित्सकसहितको कार्डियोलोजी विभागमा पेडियाट्रिक कार्डियोलोजिष्ट डा. प्रतिमा यादव संलग्न हुनु भएपछि नोबेलको कार्डियोलोजी सेवा पूर्वी नेपालका सबै उमेरका बिरामीहरूको लागि भरपर्दो गन्तव्य बनेको हो ।

केही दिन अगाडि कमल गाउँपालिका वडा नं. ५, झापाका ५ वर्षीय आहान माझीको जन्मजात मुटुको समस्याको बिना शल्यक्रिया उपचार भएको छ । जाँचको क्रममा मुटुमा पनि समस्या देखिएपछि झापाकै एउटा अस्पतालबाट उनलाई नोबेल पठाइएको थियो ।

नोबेलमा जाँचको क्रममा उनको मुटुको महाधमनी र फोक्सो तिर जाने नशा जोडिएको देखिएको थियो । डा. प्रतिमा यादव नेतृत्वको चिकित्सा टोलीले उनको बिना शल्यक्रिया नशाबाट छाता जस्तो सामाग्री पठाएर उक्त नशा टालेको थियो ।

के हो पी. डी. ए. ?

डा. प्रतिमाका अनुसार यो एक जन्म जात मुटुको समस्या हो । गर्भमा हुँदा शिशुको मुटुमा रहेको महाधमनी र फोक्सोतिर गएको रगतको नशाबीच एउटा रगतको नशा जोडिएको हुन्छ ।

यो नशा शिशु आमाको पेटमा रहदा नभइ नहुने नशा हो । तर, शिशुको जन्म भएको ७२ देखि ९० घण्टाभित्र त्यो नशा आफैँ बन्द हुने गर्दछ । त्यो समय सम्म पनि बन्द नभएको खण्डमा १ देखी ३ महिना सम्म लाग्न सक्छ ।

तर, त्यो समय सम्म पनि नशा बन्द नभएमा त्यसले शिशुमा रुघामार्गी लागि रहने, निमोनिया हुने, स्तन पान गर्न नसक्ने, स्वास प्रस्वासमा समस्या आउने, खाना खाँदा निधारमा पसिना आउने, खेलकुद गर्दा अन्य स्वस्थ बालबच्चा भन्दा बढी थाक्ने वा खेलकुद गर्न नसक्ने, उमेर अनुसारको तौल नबढ्ने लक्षणहरु देखा पर्दछ । यो समस्याको उपचार नगरिएमा फोक्सोमा रक्तप्रवाहमा दवाव बढ्दै जाने हुन्छ । मुटुको कार्य प्रणालीमा नै असर पर्न जान्छ ।

पी. डी. ए. को उपचार के हो ?

पी. डी. ए. को उपचारको सम्बन्धमा डा. प्रतिमाले दिएको जानकारी अनुसार यो समस्याको दुई प्रकारको उपचार हुन्छ । एउटा शल्यक्रिया र अर्को बिना शल्यक्रिया गरिने डिभाईस क्लोजर ।

शल्यक्रिया गर्दा जोखिम बढी हुने, अस्पताल बसाई धेरै लाग्ने, शरीरमा शल्यक्रियाको खत बस्ने हुन्छ भने नशाबाट छाता जस्तो सामाग्री पठाई नशा टाल्ने प्रविधि पी. डी. ए. डिभाइस क्लोजर भरपर्दो र कम खर्चिलो हुन्छ । डा. प्रतिमाका अनुसार बिरामीलाई ६ देखि ८ घण्टा भोको राखेर दाहिने वा देब्रे तिघ्राको नशाबाट क्याथेटरको सहायताले छाताजस्तो सामाग्री पठाएर नशा टाल्ने गरिन्छ ।

यसरी टालिएपछि मुटुको चार वटा कोठाहरू आफ्नो सामान्य आकारमा आउने मुटुको कार्य सामान्य गतिमा हुन थाल्छ । यो प्रविधिबाट मुटुको धमनीको नशा टालेको भोलिपल्ट बिरामीलाई डिस्चार्ज गर्न मिल्छ ।

यो प्रविधि अहिलेसम्म काठमाडौंमा मात्र रहेको र उपत्यका बाहिर पूर्वी नेपालमा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा रहेको डा. प्रतिमाले बताइन् ।

कार्डियोलोजी विभागमा उपलब्ध उपकरणहरू र अनुभवी जनशक्तिको कारण आकस्मिक सेवा, दैनिक ओपिडी र भर्ना गरी उपचार गर्ने बिरामीको संख्या उल्लेख्य मात्रामा हुने गरेको छ ।

Tags: #स्वास्थ्यनोबेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते
समाचार

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०८३
0

इलाम : इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीस्थित पोखरी कमरे भित्री कच्ची सडकखण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आज...

सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु
FEATURE BREAKING

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०८३
0

उदयपुर । पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण सुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण...

आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    340 shares
    Share 136 Tweet 85
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.