Wednesday, August 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

अरुण नदीको पानी पुगेपछि स्थानीयवासी खुसी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १६, २०८०
in समाचार
0
अरुण नदीको पानी पुगेपछि स्थानीयवासी खुसी
87
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : अरुण नदीको पानी लिफ्ट प्रविधिमार्फत सातटार बस्तीमा पुगेपछि वर्षौदेखिको पानीको समस्या हटेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले अरुण नदीको पानी सोलार लिफ्टमार्फत एक हजार पाँच सय मिटर उचाइमा रहेको बस्तीमा पुराएपछि स्थानीयले सुखको सास फेरेको सातटारेका स्थानीयवासी गजेन्द्र कटुवालले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ बाट निर्माण थालिएको आयोजनाको कुल लागत तीन करोड ३७ लाख ५८ रहेको कार्यालयले जनाएको छ । कार्यालयले सङ्खुवासभाको चैनपुर नगरपालिका– ११ मा खहरे सातटारे सोलार लिफ्ट आयोजना सञ्चालन गरेर यहाँका ६४ घर परिवारलाई पानी वितरण गरेको छ ।

घण्टौँ लगाएर खोलाखोल्सी तथा अरुण नदीबाट डोकोमा बोकेर पानी खाइरहेको अवस्थामा बस्तीमा पानी पुग्दा खुसी लागेको कटुवालको भनाइ छ ।

“सुक्खा क्षेत्र भएकाले यहाँ पानीको अतिनै समस्या थियो”, उहाँले भन्नुभयो, “खोला खोल्सी र कुवाबाट पानीको जोह गर्दै आएका थियौँ । कुवा पनि सुक्न थालेको अवस्था छ । अब भने हाम्रो वर्षौको समस्या अन्त्य भएको छ ।”

स्थानीयले भोगिरहेको पानीको समस्या अन्त्यका लागि प्राथमिकताका साथ योजना निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताउनुभयो । योजनाको मुख्य काम सकिएर वितरण सुरु भएको र उपभोक्ता समितिलाई हस्तान्तरणको तयारी गरिएको प्रमुख सिंहको भनाइ छ ।

“योजनाको मुख्य काम सकिएको छ”, प्रमुख सिंहले भन्नुभयो, “सबै काम सकिएर बस्तीमा पानी वितरण थालिएको छ । बाँकी साना काम सम्पन्न गरी समितिलाई हस्तान्तरण गर्ने छौँ ।” सोलार लिफ्ट आयोजना सुरुमा खर्चिलो भए पनि दीर्घकालीन हिसाबले मितव्ययी भएको उहाँको भनाइ छ । खानेपानीका लिफ्ट प्रकृतिका योजना सञ्चालन गर्दा प्रदेश तथा केन्द्र सरकारले सोलार प्रविधिको लिफ्ट आयोजनालाई प्राथमिकता राख्नुपर्ने उहाँको सुझाव छ ।

“यो योजना सोलार प्रविधिबाट सञ्चालन गरिएको हो”, प्रमुख सिंहले भन्नुभयो, “यस्ता खालका योजना सञ्चालनले उपभोक्ता समितिले बढी महसुल तिर्नुपर्दैन । एक पटक खर्च गरेपछि विद्युत् जस्तो धेरै खर्चिलो हुदैन । सरकारले विद्युतीय भन्दा पनि सोलार प्रविधिलाई जोड दिन आवश्यक छ ।”

बस्तीमा पानीको हाहाकार भइरहेको अवस्थामा योजना सञ्चालनले दैनिक जीवनमा परिवर्तन आएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

योजनाको सम्पूर्ण काम सकेर ६४ घरपरिवारमा पानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष सूर्यबहादुर कटुवालले बताउनुभयो । उपभोक्ता समितिको चौकीदार बस्ने घरसमेत निर्माण गरिएको छ । योजनाको करिब सम्पूर्ण काम अन्तिम चरणमा रहेको अध्यक्ष कटुवालको भनाइ छ ।

“पानीको अभावमा यहाँको बस्ती नै खाली हुने अवस्था थियो”, अध्यक्ष कटुवालले भन्नुभयो, “अरुण नदीबाट धमिलो पानी डोकोमा बाकेर खानुपर्ने अवस्था थियो । तर अब पानीको अभावमा भौँतारिनुपर्ने अवस्थाको अन्त्य भएको छ । बस्तीमा पानी वितरण थालेका छौँ । योजनाको काम लगभग सकिएको छ ।”

Tags: #भोजपुर#राससअरुण नदी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। इटहरी–११ बाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र...

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप
खेलकुद

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग एउटै मैदानमा खेल्ने अवसर दिने उद्देश्यले इटहरी मेयर कप क्रिकेट प्रतियोगिताको स्वरूप...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

हात्तीको जैविक मार्गभन्दा बस्ती संरक्षण प्राथमिकतामा राख्न माग

भदौ ९, २०८३
तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.