झापा : झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका ४ स्थित झिलिमिली पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका कचनकवल २ का लेखनाथ दाहालको मृत्यु भएको छ ।
यस्तै, बिर्तामोडमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक कनकाई नगरपालिका ८ का तोयानाथ उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।
तीन जना रहेको मोटरसाइकलमा पछाडि बसेका कनकाई ५ का रविरत्न सिटौला र बाह्रदशी गाउँपालिका ७ का सागर माझी घाइते भएका छन् ।
उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post