झापा : झापाको झापा गाउँपालिका-६ फूलगाछी चौकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा गाउँपालिका ५ का ३२ वर्षीय गुणा राजवंशी रहेका छन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ झापा ६ फूलगाछी चोकदेखि पूर्व राधाबस्ती जाने सडकखण्डमा ललितपुर सातदोबाटोका दीपक शङ्कर सवार बा ४६ प २१०२ नम्बरको मोटरसाइकलले साइकलमा सवार राजवंशीलाई ठक्कर दिएको थियो ।
घाइते राजवंशीको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post