Saturday, June 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा पूर्वाधारका लागि गुणस्तर मापन र खाद्य ल्यावसहित नागरिक सहायता कक्ष पनि स्थापना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ३, २०८०
in समाचार
0
इटहरीमा पूर्वाधारका लागि गुणस्तर मापन र खाद्य ल्यावसहित नागरिक सहायता कक्ष पनि स्थापना
86
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले पूर्वाधारमा विशेष गरी सडकमा गुणस्तर नभएका गुनासाहरू आएपछि आफ्नै गुणस्तर ल्याव प्रयोगशाला स्थापना गरेर प्रयोगमा ल्याएको छ ।

उपमहानगरपालिकाले पहिलोपल्ट खाद्य मापन प्रयोगशाला ल्याब पनि सञ्चालनमा ल्याएको छ ।

सडक निर्माण गर्दा अनिवार्य ल्याब परीक्षण गर्नु पर्ने व्यवस्था अनुसार पूर्वाधार गुणस्तर ल्याब सञ्चालनमा ल्याइएको इन्जिनियर राजेश दाहालले बताए ।

सडकको गुणस्तर मापनका लागि उपमहानगरपालिका भित्रै ल्याबको स्थापना गरिएसँगै आसपासका क्षेत्रबाट पूर्वाधार गुणस्तर परीक्षण गर्न थालेको इन्जिनियर दाहालले बताए । यसरी गुणस्तर मापन गर्दा उपमहानगरका सडकको गुणस्तर कायम गर्न मद्दत पुग्नेछ ।

आफ्नो ल्याव परीक्षण प्रयोगशाला नहुँदा इटहरीभन्दा बाहिर लगेर परीक्षण गर्दा समय लाग्ने र विशेष गरी उपभोक्तालाई झन्झटिलो हुने गरेकोमा अब सहज भएको छ  ।

यसै गरी, खाद्य तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि खाद्य परीक्षण प्रयोगशाला पनि सुरु गरिएको छ ।

खाद्य परीक्षण सञ्चालनमा आएसँगै बजार अनुगमन गर्दा कुनै पनि वस्तुमा कैफियत भेटिदा कति प्रतिशत कैफियत भएको भनेर मापन गरी कारबाही गर्न सहज हुने खाद्य अधिकृत नवकिशोर भट्टराईले बताए । उनका अनुसार अबदेखि आम उपभोक्तालाई आफूले खाने खाद्य वस्तुको गुणस्तर मापन गरी तत्काल जानकारी हुनेछ ।

उपमहानगरपालिका उपमेयर सङ्गीता चौधरीले खाद्य ल्याब सञ्चालनले आफू अनुगमन गर्दा आँखाले देखिनेबाहेक क्वालिटी र क्वान्टिटीलाई छुट्टाएर अनुगमनलाई थप सहज बनाउने बताइन् ।

नागरिक सहायता कक्ष पनि स्थापना

इटहरी उपमहानपालिकाले सेवाग्राहीलाई सेवा दिनका लागि नागरिक साहयता कक्ष पनि स्थापना गरी सञ्चालन गर्न थालेको छ । यस साहयता कक्षमा सेवाग्राहीलाई राखेर तत्काल उनीहरूको गुनासाका आधारमा काम अगाडि बढाइने उपमहानगरका प्रवक्ता वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेलले बताए ।

उनका अनुसार साहयता कक्षमा उपमहानगरपालिकाका गतिविधि डिस्प्ले हुने, कुनै काम गर्न समस्या हुँदा त्यहीबाट कर्मचारीले सहजीकरण गर्ने अनि पर्खनु पर्दा चिया कफीको व्यवस्था समेत सेवाग्राहीका लागि गरिनेछ ।

यसैगरी, इन्धनबाट चल्ने सवारी साधनलाई इटहरी वडा नं.१७ का दुई जना विद्यार्थीले विद्युतीय सवारीमा रूपान्तरण गरी उपमहानगरपालिकालाई दुई वटा मोटरसाइकल हस्तान्तरण गरेका छन् ।

इन्जिनियरिङमा डिप्लोमा तह पुरा गरेका आदित्य आचार्य र रिसप गडतौलाले छ महिना लगाएर इन्धनबाट चल्ने सवारी साधनलाई मोडिफाई गरी विद्युतीयमा रूपान्तरण गरेसँगै त्यसलाई पनि सार्वजनिक गरिएको छ ।

बधुबार सडक गुणस्तर ल्याव प्रयोगशाला, खाद्य गुणस्तर मापन प्रयोगशाला, नागरिक साहयता कक्षको उद्घाटन र इन्धनबाट चल्ने सवारी साधन मोडिफाई गरी विद्युतीयमा रूपान्तरण गरेका सवारीलाई सार्वजनिक मेयर हेमकर्ण पौडेलले गरे ।

​सो क्रममा मेयर पौडेलले इटहरीमा २० महिनाको अवधिमा धेरै काम भएको दावी गरेका छन् । उनले इटहरीलाई हिलोमुक्त र धुलोमुक्त बनाउने ढङ्गले युद्दस्तरमा काम भइरहेको बताए ।

‘हिलोमुक्त र धुलोमुक्त बनाउने अभियानलाई सफल पार्नका लागि सडक एम्बुलेन्स नै खडा गरिएको छ,’ उनले भने, ‘काहीँ सडक बिग्रनासाथ सडक एम्बुलेन्सले काम गरी हाल्छ ।’ उनका अनुसार इटहरी उपमहानगरपालिकाले अबको दुई वर्षभित्रमा सभागृहको निर्माण पुरा गर्ने भएको छ । सभागृह इटहरी वडा नं. ५ का काब्यबाटिका निर्माण हुने भएको छ ।

​चालु आर्थिक वर्षमै नगर बस सञ्चालन गर्ने योजना अनुसार आगामी वैशाख महिनादेखि सुचारु गरिने मेयर पौडेलले बताए । नगर बस सञ्चालनसँगै नगरभित्र १५ वटा चार्जिङ् स्टेसन पनि राखिने भएको छ ।

इटहरीको चौरस्ता चोकमा वैशाख महिनाभित्रै दुई वटा आकाशे पुलको पनि निर्माण पुरा गरी सक्ने पौडेलले बताए । उनका अनुसार इटहरीलाई व्यवस्थित सहरको रूपमा विकास गर्न गुरुयोजना पनि निर्माण प्रक्रिया अगाडि बढाइएको  छ ।

Tags: #इटहरी उपमहानगरपालिकानागरिक सहायता कक्षहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै
FEATURE BREAKING

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

विराटनगर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षल आइतबार विराटनगरमा भेला गर्ने भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष...

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण
FEATURE BREAKING

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३
झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३
धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.