सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका ६ स्थित गछिया खोलामा शुक्राबर बिहान एक जना वृद्ध पुरुषको शव फेला परेको छ ।
भोजपुरको भोजपुर नगरपालिका २ घर भइ सुन्दरहरैँचा ६ मा बस्दै आएका ६४ वर्षीय टेकबहादुर गुरुङको खोलामा डुबेको अवस्थामा शव फेला परेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार गुरुङ सब्जी लिन भनेर बिहीबार गछिया बजार गएको खुलेको छ ।
बजारबाट घर नफर्किएपछि प्रहरीलाई जानकारी गराएर आफन्तले खोजी थालेका थिए ।
खोजी गर्ने क्रममा खोलामा डुबेर मृत्यु भएको अवस्थामा बिहान ८ बजेतिर शव फेला परेको जानकारी दाहालले दिए ।
शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएर घटनाको अनुसन्धान सुरु गरिएको दाहालको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जाएको छ ।














Discussion about this post