झापा : झापामा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको शिवसताक्षी नगरपालिका ११, दूधे बस्ने ५९ बर्षीय गंगाराम राईको रुखबाट लडेर शनिबार (आज) मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय एक सामुदायिक बनमा दाउरा काट्न रुख चढेका उनी अचानक लडेका थिए । घाइते उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post