झापा : झापाको भद्रपुर ५ नेपाल भारत सिमाना स्थित मेचीपुलबाट लागूऔषध ब्राउनसुगर सहित भद्रपुर ९ का ३३ वर्षीय नरेश राजवंशी पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोस्ट मेचीपुलको प्रहरी टोलीले बिहीबार दिउँसो ७३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
भारतबाट नेपाल साइकलमा आउँदै गरेका राजवंशीलाई लागूऔषध चेकजाँच गर्दा उक्त परिमाणको ब्राउनसुगर बरामद भएको हो ।
पक्राउ परेका उनको वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post