सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचामा शुक्रबार राति एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
सुन्दरहरैँचा वडा नं. १० स्थित वरपीपल चौक बस्ने ५५ वर्षीय गंगाबहादुर दनुवारको हत्या भएको हो ।
घरायसी विवाद हुँदा ४० वर्षीय श्रीमती विना दनुवारले श्रीमान गंगाबहादुरलाई धकेलेकी थिइन् । धकेल्दा लडेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रहरीले विनालाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post