झापा : झापाको शिबसताक्षी नगरपालिका ८ स्थितमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
मे १ ह ५८०५ नम्बरको अटोले २ वटा साइकललाई ठक्कर दिँदा घाइते भएका शिवसताक्षी ८ का ३१ बर्षिय दिलीप श्रेष्ठ, उनको छोरी ११ वर्षीया गोमा श्रेष्ठ, ९ वर्षीया शितल श्रेष्ठ र अटो चालक ५२ वर्षीय पूर्णबहादुर भट्टराई घाइते भएका थिए ।
घाइतेमध्ये शितल श्रेष्ठको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।














Discussion about this post