झापा : झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ९ कालीस्थानका ५५ वर्षीय खेम बराल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार अर्जुनधारा ९ चिया बगानस्थित भित्री सडकमा शनिश्चरेबाट कालीस्थानतर्फ जाँदै गरेको प्र–१–०१–०१५ प ९८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका बराललाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो ।
उनको उपचारका क्रममा आइतबार दिउँसो करिब ४ बजे मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post