खोटाङ : खोटाङमा उपचार अभाव हुँदा एक सुत्केरीको मृत्यु भएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ७ की २३ वर्षीया लक्ष्मी बुढाथोकी बस्नेतको सोमबार (आज) बिहान मृत्यु भएको हो ।
जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि रेफर गरिएकी बस्नेतको काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार बस्नेतले फागुन ७ गते जिल्ला अस्पतालमै नर्मल रूपमा छोरीको जन्म दिएकी थिइन् । स्वास फेर्न गाह्रो भएपछि उनलाई आइतबार जिल्ला अस्पताल भर्ना गरिएको थियो ।



















Discussion about this post