झापा : झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुर–घैलाडुब्बा सडकखण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कनकाई नगरपालिका ८ खाडीबस्तीमा घैलाडुब्बाबाट लक्ष्मीपुरतर्फ जाँदैगरेको मे १ त ११५१ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१३ प २५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षीय सागर मिश्रको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मिश्रलाई उपचारका लागि बीएण्डसी अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक बिर्तामोड ४ बस्ने ५७ वर्षीय कृष्णप्रसाद सुवेदीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।














Discussion about this post