झापा : झापाको शिवसताक्षीमा एकजना वृद्धको नहरमा डुबेर मृत्यु भएको छ ।
धौले चोकबाट घरतर्फ जाने क्रममा कनकाई सिँचाइको नहरमा डुबेर ८४ वर्षीय केदारनाथ बुढाथोकीको मृत्यु भएको हो।
बुढाथोकी धौली चोकबाट घरतर्फ पैदल जाने क्रममा चिप्लिएर नहरमा लडेका थिए ।
उनको उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post