झापा : झापाको मेचीनगर नगरपालिका १३ स्थित चारआली इलाम रोडबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्यूरो झापाबाट खटिएको प्रहरी टोलीले मे ३ प १०२४ नम्बरको मोटरसाइकलमा सवार झापाको बुद्धशान्ति गाउँपालिका ३ का २९ वर्षीय भीमबहादुर मगरको साथबाट ५ ग्राम २० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिएको हो ।
साथै, लागूऔषध ब्राउनसुगर ओसारपसार तथा बिक्री वितरणमा संलग्न बुद्धशान्ति २ का २४ वर्षीय रोशन उपरकोटीलाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post