खोटाङ : खोटाङको ऐंसेलुखर्क गाउँपालिका ६ ज्यामिरेमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्लेका ५१ वर्षीय रणबहादुर पोखरेल रहेका छन् ।
दुधकोशीबाट बालुवा लिएर आउँदै गरेको न ४ त ७८०६ नम्बरको ट्याक्टरमा मलामी गएर फर्किएका पोखरेल ट्याक्टरको पछाडिको डालामा चढेका थिए।
पोखरेलको घर नजिक पुगेर झर्ने क्रममा उनलाई ट्याक्टरले किचेको प्रहरीले जनाएको छ ।
ट्याक्टरले किचेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालक रावाबेसी गाउँपालिका १ कुभिण्डेका प्रकाश विशुंखे र सहचालक पेशल राईलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post