ओखलढुंगा : विद्युत सर्ट भएर करेन्ट लाग्दा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ३ बोगडीछापकी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५७ वर्षीया सिजनकुमारी थापा रहेकी छन् ।
आज (आइतबार) बिहान विद्युत सर्ट भएर घरसमेत आगलागी हुँदा उनलाई करेन्ट लागेको थियो ।
बेहोस अवस्थामा घरबाट स्थानीयले बाहिर निकालेपनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post