इटहरी : इटहरीबाट पूर्व जाँदै गरेको बसको ठक्करबाट एक वृद्वको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका ८ स्थित पूर्व–पश्चिम राजमार्गमा बसले ठक्कर दिँदा साइकलमा सवार वृद्वको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ७९ वर्षीय डम्बरुप्रसाद निरौला रहेका छन् ।
सोमबार (आज) दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दैगरेका साइकलयात्री निरौलालाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनगरस्थित नोबेल अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बसका चालक धरान उपमहानगरपालिका २० का बलबहादुर लिम्बूलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।














Discussion about this post