झापा : झापाको दुई छुट्टाछुट्टै स्थानहरूबाट प्रतिबन्धित लागूऔषध ब्राउनसगुरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको ओसारपसार तथा बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ता बजार झापाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका ९ का २६ वर्षीय ललित कुमार राजवंशी र बिर्तामोड नगरपालिका ३ का २५ वर्षीय अनिल कुमार राजवंशीलाई ४८० मिलिग्राम लागूऔषध ब्राउनसगुर र १ थान मोबाइलसहित पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ८ बाट दमक ९ का ३५ वर्षीय विनोद राई र ३१ वर्षीय गोपाल लम्जेललाई ७ ग्राम १०० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post