झापा : झापाको कमल गाउँपालिका ३ स्थितमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बा ६४ प १४०० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ४ का २७ वर्षीय पिरती भन्ने विष्णु लिम्बूको मृत्यु भएको हो ।
घटनामा मोटरसाइकलमा पछाडि सवार १५ वर्षीय विपल नेपाल घाइते भएका छन् ।
घाइते नेपालको बिएण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post