खोटाङ : खोटाङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बराहपोखरी गाउापालिका ४ फाक्टाङका ५८ वर्षीय रामबहादुर राईको भीरबाट लडेर मृत्यु भएको हो ।
बराहपोखरी गाउापालिका ५ पौवासेरास्थित आफन्तको पास्नीको भोज खाएर फर्कने क्रममा बुधबार साँझ भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले पुष्टि गरे ।
खड्काका अनुसार खोटाङबजारस्थित इलाका प्रशासन कार्यालयबाट खटिएका प्रहरी टोलीले बिहीबार बिहान कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टमका लागि उदयपुरको बेल्टारस्थित स्वास्थ्य चौकी पठाएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।














Discussion about this post