झापा : झापाको कचनकवल गाउँपालिका ६ मा दुइ मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
केचनाबाट बनियानीतर्फ जाँदै गरेको मे ८ प ८१७ नं को मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बीआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना भएको हो ।
दुर्घटनामा कचनकवल वडा नंं. ४ का ४१ वर्षीय कृष्णप्रसाद साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बीआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकलका चालक रहेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सोही मोटरसाइकलको पछाडि सवार १४ वर्षीय सन्दीप माझी, मे ८ प ८१७ नम्बरको मोटरसाइकलमा सवार कचनकवल ६ बस्ने २१ वर्षीय गोपाल राजवंशी र वडा नं ७ बस्ने २५ वर्षीय रामबहादुर राजवंशी घाइते भएका छन् ।
उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post